न्यायाधीशको बहिष्कारबीच प्रधानन्यायाधीशले गठन गरे ९ इजलास

डिसी नेपाल
१७ कार्तिक २०७८ ११:०२
116
Shares

काठमाडौं। न्यायाधीशहरूको अघोषित बहिष्कारका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधवार वन्दीप्रत्यक्षीकरणका मुद्दा सनुवाइ गर्न नौवटा इजलास गठन गरेका छन्। जबराको राजीनामा माग्दै आन्दोलनरत सर्वोच्च अदालतका १९ जना न्यायाधीशले मुद्दा सुनुवाइमा सहभागी नहुने बताए पनि जबराले इजलास तोकेका हुन्।

सातवटा संयुक्त र तीनवटा एकल इजलासमा बन्दीका मात्र रिट निवेदन तोकिएका छन्। जबराले इजलास गठन गरेपछि न्यायायाधीशहरूले भने वुधबार पनि इजलास नजाने बताएका छन् । सोमवार बन्दीका मुद्दामा सुनुवाइ गरेका न्यायाधीश मंगलबारवाट पुन इजलासमा नजाने निर्णयमा छन्।

प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्ने कार्यलाई लम्ब्याउन खोजेकोलगायतका कारण देखाउँदै न्यायाधीशहरू काममा नगएका हुन्। न्यायाधीशहरूले इजलास छोडेसँगै नेपाल बार एसोसिएसनले बुधबार चौथो दिन पनि प्रधानन्यायाधीश जबराविरुद्धको प्रर्दशनलाई कायम राखेको छ। कानुनव्यवसायीहरू कालो पट्टी बाँधेर धर्नामा बसेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.