तालिबानको हक्कानी नेटवर्ककका कमाण्डरलाई इस्लामिक स्टेटले मारिदियो

डिसी नेपाल
१७ कार्तिक २०७८ १३:०१
23.3k
Shares

काठमाडौं। अफगानिस्तानको राजधानी काबुलमा रहेको सैनिक अस्पतालमा मंगलबार भएको विष्फोटमा तालिबानका एक शीर्ष कमाण्डर पनि मारिएका छन् । तालिबानका अधिकारीहरुले आफ्ना शीर्ष कमाण्डर मारिएको पुष्टि गरेका हुन् । मारिएका तालिबान सरकारको काबुल मिलिट्री कर्प्सका प्रमुख हमदुल्लाह मुखलिस हक्कानी नेटवर्कका सदस्य थिए ।

हमदुल्लाह तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि मारिने सबैभन्दा उच्च पदका अधिकारी हुन् । तालिबानी अधिकारीहरुलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार सरदार दाउद खान अस्पतालमा आक्रमण भएको सूचना पाएपछि हमदुल्ला मुखलिस तत्काल घटनास्थल पुगेका थिए । अस्पतालमा विद्रोहीसँगको लडाइँमा उनी मारिएका हुन् ।

अस्पतालमा मंगलबार भएको ष्यिफोटमा कूल १९ जना मारिएका छन् । तालिबानको विपक्षी गुट इस्लामिक स्टेट खुरासानले यसको जिम्मेवारी लिएको छ । अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि आइएस–के निकै आक्रामक भएको छ र कैयौं ठूला आक्रमण गरिसकेको छ । अस्पतालमा भएको आक्रमण ५ जनाले गरेको आइएसले जनाएको छ । तालिबानका अनुसार आक्रमणको १५ मिनेटमा सुरक्षा बलले सबै आक्रमणकारीलाई मारेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *