‘विधिको शासनमा विश्वास गर्नुपर्छ’

डिसी नेपाल
१७ कार्तिक २०७८ २०:१५
12
Shares

काठमाडौं ।शक्ति पृथकीकरणको सिद्धान्त र विधिको शासनका बारेमा आफ्नो गहिरो विश्वास रहेको नेपाली कांग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले बताएका छन्।

नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित शुभकामना कार्यक्रममा उनले सबै नेपालीलाई आफ्ना असन्तुष्टि, टीकाटिप्पणी र आलोचना गर्ने अधिकार यही संविधानबाट प्राप्त भएको प्रसङ्ग उल्लेख गर्दै प्रमुख दलका नेताले निर्वाचनको अवसरमा जनताका घरआँगनमा पुग्दा सबै समस्या समाधान गर्ने भनेर आश्वासन दिए पनि त्यसो नभएको चिन्ता व्यक्त गरे ।

उपसभापति गच्छदारले २०७२ साल २५ गते चार दलका नेताबीच १६ बुँदे सहमतिलाई आत्मसात् गर्न कसैले पनि हिच्किचाउन नहुने भन्दै थारु, आदिवासी, जनजाति, दलित, मधेशी, महिला र मुस्लिमलगायत हिमाल, पहाड, तराई मधेशमा बसोबास गर्ने सबैलाई विश्वास गर्नुपर्ने बताए। उनले लामो राजनीतिक यात्रामा जहिले पनि देश, जनता र लोकतन्त्रको लागि लडेको चर्चा गर्दै स्वतन्त्रता प्राप्तिका लागि रगत पसिना बगाएका त्याग र बलिदान गर्ने साथी उपेक्षित भएको भन्दै दुःख व्यक्त गरे ।

उनले आफूले रगत र पसिना बगाएर हुर्काएको पार्टी नेपाली कांग्रेसमै सङ्गठित भएर लोकतन्त्रको संस्थागत विकास गर्ने अभियानमा फेरि पनि सक्रिय भएर लाग्न सबैलाई आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.