लिभरपुल अन्तिम १६ मा, पोर्टाे र एसी मिलानले अंक बाँडे

डिसी नेपाल
१८ कार्तिक २०७८ ८:१४
68
Shares

काठमाडौं । युईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह ‘बी’मा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई पराजित गर्दै इंग्लिस क्लब लिभरपुल अन्तिम १६ मा स्थान बनाउँदा एफसी पोर्टाे र एसी मिलानले बराबरी खेल्दै अंक बाँडेका छन्।

बुधबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको एट्लेटिकोलाई २–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले दुई खेल बाकी रहँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो।

घरेलु मैदान एनफिल्डमा लिभरपुलको जितमा डिएगो जोटा र साडियो मानेले एक एक गोल गरे। ३६औं मिनेटमा फिलिपेले सिधै रातो कार्ड ब्यहोरेपछि एट्लेटिको म्याड्रिड १० खेलाडीमा समेटिन पुग्यो ।

समूह ‘बी’ को अर्काे खेलमा इटालियन सिरी ए क्लब एसी मिलान र पोर्चुगिज क्लब एफसी पोर्टाेले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

पोर्टाेका लुइस डियाजले खेलको ६ मिनेटमा गोल गर्दा चान्सेल मबेम्बाले आत्माघाती गोल गरे ।

समूह ‘बी’ मा अपराजित रहेको लिभरपुलले ४ खेलबाट १२ अंक जोड्दै शीर्षस्थानमा छ । एफसी पोर्टाे ५ अंक जोडेर दोस्रो स्थानमा रहँदा पराजित एट्लेटिको ४ अंक जोडेर तेस्रो स्थानमा झरेको छ । मिलानले भने समूहमा पहिलो अंक जोडेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *