स्वदेश फर्किए प्रधानमन्त्री देउवा

डिसी नेपाल
१८ कार्तिक २०७८ ९:४३
120
Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँएका छन्।

स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा सहभागी भएर देउवा कतार एयरवेजको उडानबाट दोहा हुँदै बिहान काठमाडौं आइपुगेका हुन्।

सम्मेलनमा भाग लिन देउवा २० सदस्यीय प्रतिनिधिमण्डलसहित एक साताअघि १२ कात्तिकमा बेलायत प्रस्थान गरेका थिए।

ग्लास्गोमा रहँदा प्रधानमन्त्री देउवाले सम्मेलनलाई सम्बोधन गर्दै कार्बन उत्सर्जन कटौती गर्न हातेमालो गर्न जरुरी रहेको बताएका थिए । नेपालले २०४५ सम्म उत्सर्जन शून्यमा झार्ने सुनाएका थिए। जलवायु परिवर्तनविरुद्ध जुध्नका लागि गरेको योगदानबापत कम विकसित देशहरुले क्षतिपूर्ति पाउनुपर्ने माग गरेका थिए।

सम्मेलनका क्रममा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न देशका राष्ट्र प्रमुखसँग साइडलाइन वार्ता गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.