गठबन्धन पूरै समय रहन्छः प्रधानमन्त्री देउवा

डिसी नेपाल
१८ कार्तिक २०७८ १२:१९
52
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले हालको सत्तारुढ दलहरुको गठबन्धन पूरै समय रहने बताएका छन् । संघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६)मा भाग लिएर आज(बिहिबार) बिहान स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ठ कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले वर्तमान सत्तारुढ गठबन्धन पूरै समय चल्ने र यसमा कुनै शङ्का गर्न नहुने बताएका हुन् ।

उनले भने, ‘गठबन्धन पूरै समयसम्म रहन्छ । गठबन्धनका सम्बन्धमा कुनै किसिमको शंका उपशंका आवश्यक छैन ।’ नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा नेतृत्वको वर्तमान सरकारमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा सहभागी छन् ।

प्रधानमन्त्री देउवा यही कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गो नगरमा आयोजना भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिएर नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वदेश फर्किएका हुन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.