चीनको परमाणु हतियारका विषयमा अमेरिकी रिपोर्टको चीनले दियो कडा जवाफ

डिसी नेपाल
१८ कार्तिक २०७८ १४:५७
2.1k
Shares

काठमाडौं। अमेरिकी रक्षा विभाग पेन्टागनले आफ्नो एक रिपोर्टमा चीनले आफ्नो आणविक हतियारमा अपेक्षा भन्दा बढी विस्तार गरिरहेको बताएको छ । जवाफमा चीनले अमेरिकी आँकलनलाई पूर्वाग्रहबाट ग्रसित बताएको छ । पेन्टागनले आफ्नो यो वार्षिक रिपोर्टमा भनेको छ कि चीनसँग २०२७ सम्म ७०० र २०३० सम्म सम्भवतः १००० परमाणु हतियार हुन सक्नेछन् ।

पेन्टागनले चीनको सैन्य क्षमताका विषयमा आफ्नो वार्षिक रिपोर्ट जारी गरेको छ । यो अनुमान त्यही रिपोर्टको एक अंश हो । रिपोर्टका अनुसार चीन ‘जमिन, आकाश र समुद्रबाट परमाणु हतियार प्रहार गर्ने प्लेटफर्महरुमा लगानी गरेर तिनीहरुको विस्तार गरिरहेको छ । चीन परमाणु शक्तिको ठूलो विस्तारको लागि आधारभूत ढाँचा तयार गर्दैछ ।’ अमेरिकी रक्षा विभागको यो रिपोर्ट देशको प्रतिनिधि सभालाई दिइन्छ ।

आफ्नो परमाणु हतियार विस्तारका विषयमा अमेरिकी रक्षा विभागको यो रिपोर्टविरुद्ध चीनले बिहीबार प्रतिवाद गरेको छ । चीनले रिपोर्टलाई पूर्वाग्हबाट भरिएको बताएको छ । उसले अमेरिकाले परमाणु युद्धको खतरालाई बढाइचढाइ पेश गरेको बताएको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता वांग वेनबिनले भने ‘अमेरिकी रक्षा विभागको रिपोर्ट, आफ्ना पछिल्ला रिपोर्टजस्तै तथ्यहरुलाई नदेखेझैं गरिएको र पूर्वाग्रहले भरिएको छ ।’ उनले अमेरिकाले यो रिपोर्टको प्रयोग चीनबाट परमाणु खतराको कुरालाई बढाउनको लागि गरिरहेको छ । उनले अमेरिका नै विश्वमा परमाणु खतराको सबैभन्दा ठूलो स्रोत भएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *