कालीगण्डकीमा बेपत्ता युवाको गोताखोरमार्फत खोजी

डिसी नेपाल
१८ कार्तिक २०७८ १६:२५
40
Shares

गुल्मी । कालीगण्डकीमा बेपत्ता गुल्मीको चन्द्रकोट गाउँपालिका ८ का शंकर पौडेलको खोजी सशस्त्र प्रहरीको गोताखोरमार्फत भइरहेको छ ।
प्रादेशिक विपद् व्यवस्थापनबाट सशस्त्र प्रहरी निरीक्षक भूपालविक्रम शाहको नेतृत्वमा सात जनाको टोली घटनास्थल आएको छ । मलामी गएका पौडेल चार दिनदेखि सत्यवती गाउँपालिका १ रुद्रवेणीघाटस्थित कालिगण्डकीमा बेपत्ता छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयास असफल भएपछि सशस्त्र प्रहरीको गोताखोर टोली झिकाइएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.