थप १८३ जनामा सङ्क्रमण पुष्टि, २ जनाको मृत्यु

डिसी नेपाल
१९ कार्तिक २०७८ १६:१९
156
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८३ जनामा कोरोना भाइरससङ्क्रमण पुष्टी भएको छ । २ हजार ३७ जनाको पीसीआर परीक्षण गर्दा १७४ र २ हजार ५३७ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ६४९ जना कोरोना मुक्त भएका छन् । यसैगरी, पछिल्लो २४ घण्टामा २ जना सङ्क्रमितको मृत्यु भएको छ । हाल देशभर ८ हजार ४१३ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.६ प्रतिशत रहेको जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.