दिपावलीमा बेहुली झैँ सिंगारिए भारतीय सहर

डिसी नेपाल
२० कार्तिक २०७८ ९:३७
1.3k
Shares

नयाँ दिल्ली । कोभिड महामारीबीच हर्षोल्लासका साथ भारतका विभिन्न समुदायले तिहार मनाइरहेका छन्। तिहारलाई भारतमा दिपावलीको नामले चिनिन्छ। विभिन्न स्थानमा हिन्दु, सिख र जैनले आ आफ्नै संस्करअनुसार तिहार मनाइरहेका छन्।

हिन्दूहरुले विभिन्न रंगका बत्ती बालेर र लक्ष्मीको पूजा गरेर घर घरमा दिपावली मनााएका छन्। भगवान राम जंगलमा लामो समय निर्वासनमा बसेर घर फर्किएको उपलक्ष्यमा मनाइन्छ। झिलिमिली बत्तीले राजधानी नयाँ दिल्लीसहित देशका अधिकांश स्थान झकिझकाउ भएका छन्।

दिपावलीको अवसरमा सिख समुदाका व्यक्तिहरु अमृतसरस्थित गोल्डन टेम्पलमा भेला भएका छन्। सन् १६१९ मा आफ्ना गुरू हरगोविन्दको मुक्तिको स्मरणमा सिख समुदायले दिपावलीमा मनाउँछन्।

विश्वका नेपाल र भारतबाहेक श्रीलंका र हिन्दूहरुको बाहुल्यता भएका अन्य देशमा पनि दिपावली मनाइन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *