रानी पोखरीमा भाइटीका ! (फोटोफिचर)
काठमाडौं । आज शनिबार तिहारको अन्तिम दिन अर्थात् भाइटीका । दिदीबहिनीले दाजुभाइको पूजा गरी भाइटीका मनाइएको छ । कार्तिक शुक्ल द्वितीया तिथिका दिन भाइटीका मनाइन्छ । यसदिन दिदीबहिनीले दाजुभाइको विधिपूर्वक पूजाआजा गरी मनपर्ने खानेकुरा खान दिने र दिदीबहिनीलाई यथासक्य दक्षिणा तथा उपहार दिने परम्परा रहेको छ ।

दिदीबहिनी नहुने दाजुभाइले रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा शनिबार भाई टीका लगाएका छन् । वर्षमा एक दिन भाई टीकामा मात्र खुल्ने यो मन्दिरमा दिदी बहिनी नभएकाले यहाँ रहेका दिदी बहिनीको हातबाट टीका लगाउने प्रचलन रहेको छ ।

सत्ययुगमा यमपञ्चकका पाँच दिन यमराजले बहिनी यमुनाको घरमा बसी बहिनीको हातबाट टीका तथा उपहार लिएको र आशिर्वाद दिएको कथन छ । त्यहीबेलादेखि नै भाइटीकाको प्रारम्भ भएको जनविश्वास रहिआएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिको अनुसार यसवर्षको भाइटीकाको साइत बिहान ११ बजेर २ मिनेटमा रहेको थियो।

















डिसी नेपाल








Facebook Comment