आइसिसी टी-ट्वान्टी विश्वकप : दक्षिण अफ्रिका बाहिरियो, अस्ट्रेलिया सेमिफाइनलमा

डिसी नेपाल
२१ कार्तिक २०७८ ६:५६
164
Shares

काठमाडौं। दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई पराजित गरेपनिअष्ट्रेलिया आइसिसी टी-ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार भएको दोस्रो खेलमा अष्ट्रेलिया सुपर-१२ को समूह-१ मा दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको हो।

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १९० रनको लक्ष्य इंग्ल्यान्डले १५ ओभर ३ बलमा ३ विकेट गुमाउँदै १४३ रनमा समेटियो। दक्षिण अफ्रिकाले शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न इंग्ल्यान्डलाई १ सय ३१ भन्दा कम रनमा अल आउट वा रोक्नुपर्ने हुन्थ्यो । त्यसो नभएपछि अष्ट्रेलिया सेमिफाइनलमा पुग्ने निश्चित भएको हो।

शनिबार नै भएको पहिलो खेलमा अष्ट्रेलियाले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गरेको थियो। समूह-१ को विजेत इंग्ल्यान्ड बनि सकेको छ । अष्ट्रेलिया दोस्रो स्थानमा रह्यो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *