पाकिस्तानमा टीएलपीमाथि सरकारले लगाएको प्रतिबन्ध हट्यो, निर्वाचनमा प्रतिष्प्रर्धा गर्न पाउने

डिसी नेपाल
२१ कार्तिक २०७८ ७:१६
168
Shares

इस्लामावाद। पाकिस्तान सरकारले प्रतिबन्धित मुस्लिम समूह तेहरिक इ लबिक पाकिस्तान (टीएलपी) लाई निर्वाचनमा प्रतिष्प्रर्धा गर्न अनुमति दिने भएको छ। यसै साता सरकार र सो समूहबीच वार्ता भएको थियो । सरकारले जेलमा रहेका समूहका २०० कार्यकर्तालाई रिहाई गर्ने तयारी गरेको छ।

दुई पक्षबीच भएको वार्तामा टीएलपीले आफ्ना हिंसात्मक गतिविधि त्याग्ने सहमति जनाएको छ। त्यस्तै, टीएलपीले फ्रान्सविरोधी गतिविधि नगर्ने जनाएको छ। फ्रान्सको व्यंग्य पत्रिका चार्ली हेब्दोले मुस्लिम धर्मगुरु मोहम्मदको कार्टून छापएपछि समूहले पाकिस्तानस्थित फ्रान्सेली राजदूतलाई देशनिकाला गर्न सरकारसँग माग गरेको थियो । त्यस्तै, पाकिस्तानस्थित फ्रान्सेली दूतावास बन्द गर्न पनि समूहले माग गरेको थियो।

एक साताअघि सो समूहले गरेको गरेको हिंसात्मक प्रदर्शनका क्रममा सात प्रहरी अधिकारीसहित ११ जनाको मृत्यु भएको थियो। टीएलपीले हिंसात्मक गतिविधिलाई तीब्रता दिएपछि प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकारले एक वर्षअघि सो समूहमाथि प्रतिबन्ध लगाएका थिए। प्रतिबन्धपछि सो समूहका नेता सद रिजभीलाई पक्राउ गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *