बर्नलीसँग चेल्सी रोकियो

डिसी नेपाल
२१ कार्तिक २०७८ ७:३७
92
Shares

काठमाडौं। इङ्लिस प्रिमियर लिगको ११ औँ चरणको खेलमा शीर्ष स्थानको चेल्सी रेलिगेशन जोनमा रहेको बर्नलीसँग बराबरीमा रोकिएको छ। शनिबार राति भएको खेलमा चेल्सी बर्नलीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो।

स्ट्राम्फोर्डमा काइ हभार्ट्जले ३३औँ मिनेटमा चेल्सीलाई अग्रता दिलाए । बर्नलीका माटिज भ्यड्राले खेल सकिन ११ मिनेट बाँकी रहँदा गोल गर्दै टोलीको हार संकट टारे। बराबरीको नतिजापछि चेल्सी ११ खेलबाट २६ अंकसहित शीर्ष स्थानमा छ । बर्नली ११ खेलबाट ८ अंकसहित १८ स्थानमा छ ।

दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग २३ अंक छ । म्यानचेस्टर डर्बीमा सिटीले युनाईटेडलाई २-० गोल अन्तरले पराजित गरेकाे छ ।

नर्विच सिटीले ब्रेन्टफोर्डलाई २-१ गोल अन्तर, क्रीस्टल प्यालेसले उल्भ्सलाई २-० गोल अन्तरले पराजित गर्दा न्युक्यासल युनाइटेड र ब्राइटनले १-१ को बराबरी खेले ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *