इराकी प्रधानमन्त्रीको घरमै विष्फोटक ड्रोन आक्रमण गरेर हत्या प्रयास
काठमाडौं। इराकका प्रधानमन्त्री मुस्तफा अल कदिमीको हत्या गर्ने प्रयास भएको छ । आइतबार उनको घरमा आक्रमण गरिएको छ । उनको घरमा विष्फोटक भरिएको ड्रोनबाट आक्रमण गरिएको थियो । यो आक्रमणको समयमा कादिमी घरमै थिए ।
इराकी सेनाले प्रधानमन्त्रीमाथि भएको यो आक्रमणलाई असफल आक्रमण भनेको छ । सेनाका अनुसार आक्रमणबाट प्रधानमन्त्री कादिमीलाई कुनै क्षति भएको छैन र उनी पूर्ण रुपमा सुरक्षित छ । यो मामिलामा जरुरी कदम उठाइएका छन् ।
كنت ومازلت مشروع فداء للعراق وشعب العراق، صواريخ الغدر لن تثبط عزيمة المؤمنين، ولن تهتز شعرة في ثبات وإصرار قواتنا الأمنية البطلة على حفظ أمن الناس وإحقاق الحق ووضع القانون في نصابه.
أنا بخير والحمد لله، وسط شعبي، وأدعو إلى التهدئة وضبط النفس من الجميع، من أجل العراق.— Mustafa Al-Kadhimi مصطفى الكاظمي (@MAKadhimi) November 7, 2021
आक्रमणकोकेही समयपछि प्रधानमन्त्री कादिमीले ट्वीटरमा आफू सुरक्षित भएको जानकारी दिएका छन् । उनले लेखेका छन् ‘विश्वासघातका रकेटले विश्वास गर्नेहरुको हौसला तोड्न सक्दैनन् । हाम वीर सुरक्षा बल दृढ रहनेछन् किनकि उनीहरु जनताको सुरक्षा कायम राख्न, न्याय दिलाउन र कानुनलाई लागू गराउनको लागि काम गर्न सक्छन् ।’ उनले अगाडि लेखेका छन् ‘म ठिक छु । भगवानलाई धन्यवाद । इराकको लागि म सबैसँग शान्ति र संयमको लागि आह्वान गर्दछु ।’ अहिलेसम्म कसैले आक्रमणको जिम्मेवारी लिएका छैनन् ।







डिसी नेपाल







Facebook Comment