चीनको विद्यालयले दर्जनौं बिद्यार्थीलाई विद्यालयमा रातभर बन्धक बनाएपछि…

डिसी नेपाल
२१ कार्तिक २०७८ ९:५३
160
Shares

बेइजिङ। चीनमा एक विद्यालयका एक कर्मचारीलाई कोरोना देखिएपछि दर्जनौ विद्यार्थीहरुलाई एउटा प्राथमिक विद्यालयमा घन्टौंसम्म बन्धक बनाएर राखेको खुलासा भएको छ । यसै साता भएको सो घटनामा विद्यार्थीलाई बन्धक बनाइएपछि चिन्तित बनेका अभिभावकहरुको एउटा ठूलो समूह मध्यरातसम्म विद्यालय बाहिर जम्मा भएर बसेका थिए।

विद्यार्थीहरुको कोभिड परीक्षण गरिएकोले त्यसको नतिजा नआउन्जेल मध्यरातसम्म विद्यालयमै बस्न भनिएको थियो । बिद्यालयमा राखिएका बालबालिका ७ देखि १२ वर्षका भएको अनुमान गरिएको छ ।

स्थानीय समचार सस्था जिमुका अनुसार विद्यालयका हेडमास्टर स्थानीय समयअनुसार रातीको साढे ११ बजे विद्यालय बाहिर निस्केर अभिभावकलाई केही विद्यार्थी क्वारेन्टिनमा बस्नुपर्ने जानाकारी गराएका थिए ।

रातभर विद्यालयमा बस्नुपर्ने विद्यार्थीका लागि आवश्यक कपडा ल्याउन उनले अभिभावकलाई अनुरोध गरेका थिए । अर्को दिन कोभिडको नतिजा सार्वजनिक भएपछि मात्र उनीहरुलाई बाहिर आउन अनुमति दिइने उनीहरुले बताएका थिए ।

३५ विद्यार्थीलाई रातभर क्वारेन्टिनमा राखिएको थियो । सम्पूर्ण शिक्षक, विद्यार्थी र कर्मचारीको परीक्षण गरिएको थियो । अहिले विद्यालयलाई अस्थायी रुपमा बन्द गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *