आइएसआइएसका ५५ आतंकवादीले तालिबानको अगाडि आत्मसमर्पण गरे

डिसी नेपाल
२१ कार्तिक २०७८ १३:३६
8.1k
Shares

काठमाडौं। अफगानिस्तानमा तालिबान नेतृत्वको सरकारले आफ्नो देशको नांगरहार प्रान्तमा इस्लामिक स्टेट खुरासानका ५५ जना आतंकवादीहरुले आत्मसमर्पण गरेको बताएको छ । समाचार एजेन्सी एएनआइका अनुसार नांगरहार प्रान्तको राजधानी जलालाबादमा तालिबानको खुफिया महानिदेृशनालयले जारी गरेको अधिकारिक बयानमा आइएसका ५५ जना आतंकवादीले आत्मसमर्पण गरेको बताइएको छ ।

गत हप्ता मात्रै ६५ आतंकवादीको एक समूहले यही पन्तमा आत्मसमर्पण गरेका थिए । अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि आइएसले आक्रमण झनै तीब्र बनाएको छ । उसले अलग अलग स्थानमा बम विष्फोट र हत्याहरु गरिरहेको छ । यही महिनाको सुरुवातमा तालिबानले राजधानी काबुलमा आइएसको अड्डा नष्ट गरेको दावी गरेको थियो । आइएसलाई कैयौं आक्रमणको लागि दोषी ठहर गरिएको थियो ।

द एक्सप्रेस ट्रिब्युनका अनुसार केही दिनपछि आइएसले कान्दाहारमा ठूलो परिमाणमा आत्मघाती आक्रमणको दावी गरेको थियो । यसका अलावा नांगरहार प्रान्तमा टार्गेटेड किलिङ र उत्तरी कुंदुजमा एक शिया मस्जिदमा ठूलो आत्मघाती विष्फोट गरायो जहाँ १०० भन्दा धेरै मानिस मारिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *