नेपाली कांग्रेसको भावी सभापतिको भाग्य कोर्ने अधिवेशन छठपर्व लगतै

डिसी नेपाल
२१ कार्तिक २०७८ १६:२६
336
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कसले सभापतिमा बाजी मार्दछन् भन्ने कुरा अहिलेसम्मको वडा, नगर र जिल्ला तहको अधिवेशनले आंकलन गर्ने अवस्था छैन । बाँकी रहेका मधेसका ८ जिल्लाको अधिवेशनले नै सभापतिका सम्भावित हो हुन सक्दछन् भन्ने अनुमान लगाउन सकिन्छ । जसको वडा स्तरीय निर्वाचन छठपछि कात्तिक २७ गते हुने नेपाली कांग्रेसले जनाएको छ ।

हुनत नेपाली कांग्रेसले निर्वाचन आयोगले प्रश्न उठाउला भनेर गएको भदौ १८ देखि वडा अधिवेशन सुरू गरेको थियो । हिमाली जिल्लाहरुमा हिऊपर्नु अघि नै जिल्ला अधिवेशनहरु समेत गरिसकेको छ । तर विभिन्न कारणले बाँकी रहेका प्रदेश नंं. २ को ८ सहित १३ जिल्लाको अधिवेशन कात्तिक २७ गतेबाट शुरु गर्न लागेको हो ।

नेपाली कांग्रेसले प्रदेश नं. २ को सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सामा तथा अन्य निर्वाचन हुन बाँकी रहेका रसुवा, बाँके, सुर्खेत, डोल्पा र कैलालीमा छठ पछि अधिवेशन शुरु गर्दैछ । सबैभन्दा बढी क्रियाशिल सदस्यताको विवाद रौतहट जिल्लामा छ । रौतहटका केही वडाहरुमा अहिलेसम्म सक्रिय सदस्यताको विवाद टुंगिएको छैन।

कांग्रेसले यस अघि पटक पटक स्थानीय परिवेश र मिति अनुसार ६४ जिल्लामा वडा अधिवेशन गरिसकेको छ । जसका आधारमा कुन गुटले विजय हासिल गर्न सक्दछ भन्ने एक्किन गर्न सकिने अवस्था छैन ।

हिमाली जिल्लामा छिटो जिल्ला अधिवेशन गर्ने रणनीति अनुसार २१ मध्ये १३ जिल्लामा सम्पन्न भइसकेको र बाँकी ८ जिल्लामा समेत छठ पछि नै जिल्ला अधिवेशनहरु सम्पन्न गर्ने कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा गर्ने तय भइसकेको छ । पछिल्लो समयमा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले महाधिवेशन अब मैले गर्दा रोकिदैन, यो निर्वाचन समितिको हातमा गइसकेको बताएर तोकिएकै समयमा निर्वाचन होस भन्ने मनस्थितिमा देउवा पुगेको देखिएको छ ।

केन्द्रिय महाधिवेशन अघि जिल्ला, प्रदेश तहका अधिवेशनहरु गरिनेछन् । अहिलेसम्मको निर्वाचनको परिणाम हेर्दा कोही शेरबहादुर देउवा समुहका भनेर चिनिएका छन् भने कोही विमलेन्द्र निधी, डां शशांक कोइराला, कोही डा. शेखर कोइराला कोही कृष्ण सिटौला त कोही प्रकाशमान सिंह समुहका भनेर चिनिएका छन् । त्यसैगरी कोही रामचन्द्र पौडेल समुह त कोही सुजाता कोइराला खेमाको भनेर चिनिएका छन् ।

कांग्रेसको संस्थापन पक्ष बाहेकमा सभापतिमा एउटै उम्मेदवार उठाउने चाहना रामचन्द्र पौडेलको भएपनि त्यो उम्मेदवार आफै हुनुपर्ने हठ गरिरहेकाले निर्वाचन जति जति नजिकिदैछ उतीउती संस्थापन इतरबाट नयाँ नयाँ सभापतिको उम्मेदवार बन्ने दावी गर्नेको संख्या बढ्दै गएको छ । यसले अन्तिमसम्ममा कांग्रेसमा कम्तिमा १० जना सभापतिको दावेदारी गरेर उम्मेदवारी पर्ने देखिएको छ ।

पहिलो चरणमा कसैको पनि बहुमत नहुँदा दोस्रो चरणको निर्वाचनमा पहिलो र दोस्रो स्थान ल्याउनबीच प्रतिस्पर्धा हुनेदेखिएको छ । ती दुई मध्ये एक शेरबहादुर देउवा हुने त पक्कापक्कि नै छ तर दोस्रो नम्बरमा पर्ने भाग्य कसले प्राप्त गर्ने छन् भन्ने अहिलेको जोडघटाउले एक्कीन गर्न सकिदैन ।

दोस्रो नम्बरमा कोइराला परिवारका डा. शेखर कोइराला र डा. शशांक कोइरालामध्ये एक पर्ने सम्भावना रहेकोले दोस्रो चरणको भीडन्त शेरबहादुर देउवा र कोइराला परिवारका कुनै एकजनाबीच हुनेछ । यस्तोबेलामा १३ महाधिवेशन जस्तै कृष्ण सिटौलाले शेरबहादुर देउवालाई समर्थन गर्ने हुन या कोइराला खेमा तिर लाग्ने हुन् ? रामचन्द्र पौडेल, प्रकाश कोइराला, बिमलेन्द्र नीधिहरु कतातिर लाग्ने हुन त्यसले नै अन्त्यमा सभापतिमा कसले बाजी मार्ने भन्ने अवस्था आउने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.