आजबाट महिला उपमेयर कपको दोस्रो चरण सुरु

डिसी नेपाल
२२ कार्तिक २०७८ ८:५७
20
Shares

काठमाडौं।उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको दोस्रो चरणका खेल आज सोमबारबाट सुरु हुँदैछ । प्रतियोगितामा आज दुई खेल हुनेछन् ।सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने नकआउट चरणको पहिलो खेलमा समूह ुएु को विजेता झापाको कनकाइ नगरपालिका र समूह ुजेु को विजेता सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाबीच हुनेछ । खेल दिउँसो १२ बजे सुरु हुनेछ ।

यस खेलको विजेताले बुधबार समूह ुजीु को विजेता कैलालीको गोदावरी नगरपालिकासँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।अर्को खेल समूह ुएफु को विजेता दाङको तुलसीपुर नगरपालिका र इलामको रोङ गाउँपालिकाबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ ।यस खेलको विजेताले सेमिफाइनल पुग्नका लागि समूह ुआइु को विजेता कैलालीको गौरीगंगा नगरपालिकासँग खेल्नेछ ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजनामा कात्तिक ४ गतेबाट सुरु भएको प्रतियोगितामा सहभागी ३१ टोलिलाई दश समूहमा विभाजन गरिएको छ ।प्रत्येक समूहबाट एक टोलि समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका थिए । उपमेयर कपको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *