अबुधाबी पिचका क्युरेटरको मृत्युका विषयमा आइसीसीले के भन्यो ?

डिसी नेपाल
२२ कार्तिक २०७८ ११:४४
556
Shares

काठमाडौं। अबुधाबीको शेख जायद क्रिकेट स्टेडियमका पिच क्युरेटर मोहन सिंहको मृत्यु भएको विषयमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । आइसीसीले एक बयान जारी गर्दै मोहन सिंहको परिवारप्रति समवेदना व्यक्ति गरेको छ ।

आइसीसीले आफ्नो बयानमा अबु धाबी क्रिकेट, ग्राउण्ड स्टाफ र मोहन सिंहको परिवारको निवेदनमा न्यूजिल्याण्ड र अफगानिस्तानबीच हिजो भएको टि–२० विश्वकपको खेल रद्द नगरिएको बताएको छ । हिजो अफगानिस्तान र न्यूजिल्याण्डको खेल सुरु हुनु ठिक अगाडि मोहन सिंहको शव भेटिएको थियो ।

आइसीसीका एक प्रवक्ताले भने ‘हामी धेरै दुःखी छौं र हाम्रो प्रार्थना उहाँको परिवार र मित्रहरुको साथमा छ ।’ क्रिकेट वेबसाइट क्रिकबजका अनुसार मोहन सिंहको मृत्युको कारण थाहा हुन सकेको छैन । यसबारे पुलिसले जाँच गरिरहेको छ । ७ नोभेम्बर आइतबारका दिन मोहन सिंह आफ्नो कोठामा मृत भेटिएका थिए र यसै दिन अफगानिस्तान–न्यूजिल्याण्डको खेल थियो ।

शेख जायद स्टेडियमको पिचमा जारी विश्वकपमा अस्ट्रेलिया, इङल्याण्ड, भारत, पाकिस्तान, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंक र वेष्ट इण्डिजले खेलेका छन् । यी सबै पिच मोहन सिंहले नै बनाएका थिए । मोहन सिंह १९९४ देखि अबु धाबीमा ग्राउण्ड सुपरभाइजरको रुपमा कार्यरत थिए । उनले २००४ मा मोहालीको पंजाब क्रिकेट स्टेडियममा पिच क्युरेटरको प्रशिक्षण लिएपछि पुनः अबुधाबी फर्किएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *