नेकपा (एस)ले बोलायो केन्द्रीय कमिटी बैठक

डिसी नेपाल
२२ कार्तिक २०७८ १७:४४
68
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आगामी २७ र २८ कात्तिकमा पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा बस्ने बैठकले संगठन विस्तार, सरकारको कामको समीक्षा, प्रदेश सरकारमा पार्टीको सहभागिता र भूमिका, न्यायालयमा देखिएको समस्यालगायतका विषयमा छलफल गर्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले यसअघि पार्टी सचिवालयलगायतले गरेका निर्णयको समेत अनुमोदन गर्ने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.