कामना सेवाको साधारणसभा आज, लाभांश प्रस्ताव विशेष एजेण्डा
काठमाडौं। कामना सेवा विकास बैंकको साधारणसभा मंगलबार बस्दै छ। बैंकको सभा पार्क भिलेज रिसोर्ट बूढानीलकन्ठ काठमाडौंमा हुनेछ।
सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले १० कात्तिकमा क्लोज गरेको छ। सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १८ दशमलव ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस हुनेछ।
त्यसैगरी, सभामा प्रबन्धपत्र तथा नियमावली संशाेधन गर्ने, अन्य बैंक तथा वित्तीय संस्थाहरूसँग गाभ्ने/गाभिनेसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने तथा आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गर्ने एजेण्डा छ। त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ।







डिसी नेपाल








Facebook Comment