पुनम पाण्डे अस्पताल भर्ना, कुटपिटको आरोपमा श्रीमान पक्राउ
काठमाडौं। अभिनेत्री तथा मोडल पुनम पाण्डेका श्रीमान साम बाम्बेलाई मुम्बइ पुलिसले गिरफ्तार गरेको छ । सामलाई पुनमको उजुरीपछि गिरफ्तार गरिएको हो । पुनमले सामले आफूलाई कुटपिट गरेको आरोप लगाउँदै मुम्बइ पुलिसमा उजुरी दर्ता गराएकी थिइन् । रिपोर्टका अनुसार उजुरी दर्ता गरेपछि पुनमलाई अस्पताल भर्ना गरिएको छ । उनको टाउको, आँखा र अनुहारमा गम्भीर चोट लागेको छ ।
Maharashtra | Actress Poonam Pandey’s husband Sam Bombay was arrested yesterday in Mumbai after the actress complained that he assaulted her. Poonam Pandey was admitted to a hospital: Mumbai Police
— ANI (@ANI) November 8, 2021
पुनमले आफ्ना पतिमाथि कुटपिटको आरोप लगाएको यो पहिलो पटक होइन । गत वर्ष बिहेको केही दिनपछि नै गोवामा सामलाई कुटपिटको आरोपमा गिरफ्तार गरिएको थियो । त्यतिबेला पनि पुनमले नै उजुरी दर्ता गराएकी थिइन् जसमा उनले पतिले आफूलाई कुटपिट गरेपछि गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको बताएकी थिइन् ।







डिसी नेपाल








Facebook Comment