स्वामी केशवानन्दद्धारा रचित संस्कृत भाषाको ‘मम भाषा संस्कृतम्’ गीत सार्वजनिक

डिसी नेपाल
२३ कार्तिक २०७८ १७:४२
24
Shares

काठमाडौं । अध्यात्म गुरु स्वामी केशवानन्दद्धारा रचित ‘मम भाषा संस्कृतम्’ गीत सार्वजनिक भएको छ ।

ऋषिमुनिले सेवा गरेको एवं वेद, उपनिषद्को भाषा संस्कृत पछिल्लो समय नेपालमा ओझेलमा परेकाले गीतमार्फत् जनजागरणका लागि संस्कृत भाषामै गीत बनाएर सार्वजनिक गरिएको गीतकार केएन स्वामीले बताए । जनभाषा, देवभाषा, मातृभाषा, हृदयभाषा, आत्मभाषाका बारेमा चेतना जगाउने उद्देश्यले गीत सार्वजनिक गरिएको जनाइएको छ । सरल संस्कृत शब्दमा रचना गरिएको गीत कर्णप्रिय छ ।

हिमालको काखमा ऋषिमुनिले सेवा गरेको, पाणिनीले संस्कृत व्याकरणअर्थात् अष्टाध्यायी रचना गरेको भूमि पनि नेपाल नै भएकाले यसको संरक्षण र संवद्र्धन गर्ने सन्देश गीतले दिएको छ । दृश्यसहितको गीत संस्कृत भाषाको महत्व थाहा पाउन चाहनेका लागि उपयोगी रहेको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.