लागुऔषधसहित दुई महिला पक्राउ

डिसी नेपाल
२३ कार्तिक २०७८ १९:१३
56
Shares

काठमाडौं ।प्रहरीले कास्कीमा लागुऔषधसहित दुई महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पोखरा महागनरपालिका–८ सिमलचौरबाट लमजुङको दोर्दी गाउँपालिका–७ की ३१ वर्षीया प्रेमा गुरुङ र गुल्मीको मालिका–२ की ३१ वर्षीया कोपिला अर्याललाई पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार दुवै जनाबाट डाइजापाम–७४ एम्पुल, बरुफिनुर्फिन–७० एम्पुल र फेनेरागन–७२ एम्पुल बरामद गरिएको छ । दुवै जनाको कास्की जिल्ला अदालतबाट लागुऔषधसम्बन्धी मुद्दामा आठ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया थालिएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.