नेपाली सेनाका ९ अधिकृत, दुई उपरथी र सात सहायक रथीमा बढुवा, सात दिने सूचना
काठमाडौं नेपाली सेनाले ९ जना सैनिक अधिकृतहरुलाई दुईतारे र एकतारे जर्नेलमा बढुवाका लागि मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। उनीहरुको बढुवाका लागि सिफारिस गर्दै आफ्ना मातहतका मुख्य कार्यालयहरुलाई जानकारीको लागि सात दिने सूचनासमेत सैनिक मुख्यालयले पठाएको छ।
विवरणअनुसार, दुई तारे जर्नेल अर्थात् उपरथी हुनेहरुमा जर्नेलहरु प्रदीपजंग केसी र योगराज शर्मा छन्। केसी मध्य कमाण्ड हेडक्वार्टर पोखरा र शर्मा पश्चिम कमाण्ड हेडक्वार्टरमा कार्यरत छन्। उनीहरुको पदोन्नतिपछि कहाँ पदस्थापन हुने हो भन्ने सिफारिसमा खुलाइएको छैन।
नेपाली सेनाका रथी बालकृष्ण कार्कीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले कात्तिक १७ गतेको मितिमा बढुवाका लागि सिफारिस गरेको हो।
डिसी नेपाललाई प्राप्त विवरणअनुसार, उपरथी सरोजप्रताप राणा रथी भएपछि हाल रिक्त रहेको एक उपरथी र थ्री प्लस वान कमाण्ड सिष्टममा सेनाको नयाँ संरचना लागू भएकाले आर्थिक बर्ष २०७८—७९ मा थप एक उपरथीसहित दुबै उपरथी पदमा बढुवा गर्ने निर्णयमा सैनिक मुख्यालय पुगेको हो।
त्यसैगरी महासेनानीहरु उपत्यका कमाण्ड हेडक्वार्टरमा कार्यरत भोलानाथ थापा, सैनिक सचिव विभागमा कार्यरत विष्णुकुमार खड्का र मध्य कमाण्ड हेडक्वार्टरमा कार्यरत कृष्णप्रसाद भण्डारी सहायक रथी पदमा पदोन्नति भएका छन्।
यसरी सहायक रथीमा पादोन्नति हुने महासेनानीहरुमा उपात्यका कमाण्ड हेडक्वार्टरमा कायृरुत प्रकाशराज थापा, पूर्वी कमाण्ड हेडक्वार्टरमा कार्यरत भुवन खत्री, नीति तथा योजना निर्देशनालयमा कार्यरत ज्योतिन्द्र महत र नं १ वाहिनी अड्डामा कार्यरत मनोजकुमार सिलवाल छन्।








डिसी नेपाल








Facebook Comment