विश्वकपमा भारत र पाकिस्तानबीच भएको खेलले विशाल विश्वरेकर्ड बनायो

डिसी नेपाल
२४ कार्तिक २०७८ १३:२३
4.7k
Shares

काठमाडौं। आइसीसी टि–२० विश्वकपमा भारत र पाकिस्तानबीच २४ अक्टोबरमा भएको खेलमा पाकिस्तानले उत्कृष्ट प्रदर्शन गर्दै १० विकेटले खेल जितेको थियो । यो खेलले सबैभन्दा धेरै हेरिएको खेलको रुपमा विशाल विश्वरेकर्ड बनाएको छ । यो खेललाई विश्वभरबाट १६७ मिलियन दर्शकहरुले हेरे । यो टि–२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै सबैभन्दा धेरै हेरिएको खेल बनेको छ ।

टि–२० विश्वकपको आधिकारिक प्रसारक स्टार इण्डियाले यो तथ्यांक जारी गरेको हो । कम्पनीका प्रवक्ताले भनेका छन् ‘भारत–पाकिस्तानबीच भएको यो खेलले भ्युअरसिपको मामिलामा इतिहास बनाएको छ । यो खेललाई करिब १६ करोड ७० लाख दर्शकहरुले हेरे । यो खेलको नतिजा भारतीय फ्यानहरुको लागि निराशाजनक रह्यो तर रेकर्ड भ्युअरसिपले क्रिकेटको अद्भूत शक्तिलाई दर्शाउँछ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *