राष्ट्रपतिद्वारा सूर्यलाई अर्घ दिएर कमलपोखरीमा छठ पूजा

डिसी नेपाल
२४ कार्तिक २०७८ १७:२८
48
Shares

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा आज अपराह्न काठमाडौँको कमलपोखरी पुगेर सूर्यलाई अर्घ दिई पूजाअर्चना गरेकी छिन् ।

काठमाडौँ महानगरपालिकाद्वारा आयोजित छठ पूजा समारोहमा सरिक भएका राष्ट्रपति भण्डारीले छठीमाईको समेत दर्शन गरे । काठमाडौँ महानगरपालिका–१ का अध्यक्ष भरतलाल श्रेष्ठले आज राष्ट्रपति भण्डारीबाट पूजाअर्चनाबाहेकका अन्य कार्यक्रम यसपटक नगरिएको जानकारी दिए ।

छठ पर्वका अवसरमा यहाँ राष्ट्रप्रमुखबाट नियमितजसो नै कमलपोखरीको भ्रमण गरी पूजाअर्चना हुने गरेको छ । छठ पर्वका लागि कमलपोखरीलाई झकिझकाउ पारिएको छ । अहिले यहाँ अस्ताउँदो सूर्यलाई अघ्र्य दिने व्रतालुको ठूलो भीड छ । भौतिक पूर्वाधार निर्माण गरिएको र पोखरीसमेत सफाइ गरिएकाले यसपालि कमलपोखरी आकर्षक बनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.