केपी अ‍ोलीको पार्टीको भविष्य पाँच दलीय गठबन्धमार्फत समाप्त पारिदिन्छौंः नेपाल

डिसी नेपाल
२४ कार्तिक २०७८ १८:१३
200
Shares

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी अ‍ोलीको पार्टीको भविष्य पाँच दलीय गठबन्धमार्फत समाप्त पारिदिने चेतावनी दिएका छन् ।

नेकपा (एकीकृत समाजवादी) दार्चुलाको जिल्ला कमिटी घोषणा तथा आमसभालाई सम्बोधन गर्न गोकुलेश्वर पुगेका उनले केपी अ‍ोलीको पार्टीको भविष्य पाँच दलीय गठबन्धमार्फत समाप्त पारिदिने चेतावनी दिएका हुन् । अध्यक्ष नेपालले केपी ओलीको कब्जामा रहेको पार्टीको भविष्य नभएको जिकिर गरे । उनले भने, “आउने चुनावमा पाँचै पार्टी मिलेर जानेछौँ, केपी कब्जामा रहेको पार्टीको पत्तासाफ हुनेछ ।” उनले अहिले घोषणा गरिएको कमिटीलाई सबै स्थानीय तह र वडा तहसम्म कमिटी गठन गर्दै चुनावको तयारीमा जुट्न आग्रह गरे ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले दार्चुलाको निर्माणाधीन गोकुलेश्वर विमानस्थल र मालिकार्जुन धामका लागि बजेटको कमी हुन नदिने बताए। नेकपा (एकीकृत समाजवादी)को जिल्ला कमिटी घोषणा कार्यक्रममा उनले अहिले विमानस्थलका लागि बजेट थोरै भएको भन्दै आफ्नो मन्त्रालयबाट बजेटको कमी हुन नदिने उद्घोष गरे । उनले भने, “अहिले विमानस्थलमा थोरै बजेट देखेँ । यो विमानस्थलको टर्मिनल भवन, ट्याक्सी पार्किङलगायतका सबै भौतिक पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिन्छ ।” उनले विमानस्थल निर्माण संवेदनशील भएको भन्दै ठेकेदारले बदमासी गर्नबाट जोगाउन आग्रह गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.