प्रचण्डका कारण बहुमतको सरकार जोगाउन सकेनौँः विष्ट

डिसी नेपाल
२४ कार्तिक २०७८ १९:५९
96
Shares

काठमाडौं।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण एमालेले बहुमतको सरकार जोगाउन नसकेको नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले आरोप लगाएका छन् । उनले एमालेले समय आएपछि त्यसको समीक्षा गर्ने बताए ।

उनले भने, “एमालेलाई धमिलो बनाउने र त्यो पार्टीको आन्तरिक जीवनलाई अस्तव्यस्त बनाउने काममा प्रचण्डलगायतका व्यक्तिसँगको एकता र प्रवेशले हामीलाई कहीँ न कहीँ समस्या पैदा ग¥योे, जसका कारण बहुमतको सरकार जोगाउन सकेनौँ ।”नेकपा एमाले सूर्यविनायक नगरपालिका–५ कमिटीले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टी एकताको तीन वर्षको अवधिमा कम्युनिष्टभित्र धेरै उतावचढाव पार गर्दै एमाले अहिलेको ठाउँमा आइपुग्यो भन्दै उनले यो समयमा एमालेकोे जीवनमा केही तिक्तताको सामना गर्नुपरेको, केही अत्यन्त बेठीक र नमिठा अनुभूतिको सामना गर्नुपरेकाले अब विगतबाट पाठ सिक्दै एमालेलाई एकताबद्ध गर्दै अझै माथि उठाउनुपर्ने भनाइ राखे ।

सचिव विष्टले भने, “आज म उद्घोष गर्न चाहन्छु, केपी ओलीले नेतृत्व गरेको नेकपा एमाले पार्टीमा अब कुनै पनि प्रकारको प्यानल रहेन, कुनै गुट उपगुट रहेन, यो पार्टी साङ्गठानिक हिसाबले एकताबद्ध छ, यो पार्टीमा अब कुनै पनि प्रकारको गुटगत मनोविज्ञान छैन, १० औँ महाधिवेशनले यो पार्टीलाई थप एकताबद्ध बनाउँदै अगाडि लैजाने छ ।”

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.