हिमाली जिल्लामा पनि छठपर्व मनाइयो
काठमाडौं ।हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा पनि बुधबार छठपर्व मनाइएको छ । म्याग्दीमा बसोबास गर्ने तराईवासी नेपाली र भारतीय नागरिकले जिल्लामै पहिलो पटक बेनीमा छठ पर्व मनाएका हुन् ।
बेनी नगरपालिका–७ स्थित कालीगण्डकी नदी किनारमा मिथिलाञ्चलवासीले छठीदेवीको पूजाआजा र नदीमा गएर अर्घ दिएका छन् । सूर्यदेवको उपासना गरेर हरेक वर्षको कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएर सप्तमीसम्म मनाइने छठले धार्मिक र सामाजिक सद्भावको सन्देश दिएको छ ।
बुधबार साँझ कालीगण्डकी नदी किनारमा पूजाआजा र अर्घ दिएका उनीहरुले आज बिहानै उदाउँदो सूर्यलाई अर्घ दिन गएका छन् । छठ पूजाका लागि तीन दिनसम्म पानी पनि नखाइ व्रत बसेका छन् । नुहाइधुवाइ शुद्ध बस्त्र लगाएर व्रत बस्ने गरिएको बेनीमा व्यवसाय गर्दै आउनुभएका सञ्जय ठाकुरले बताए ।
नाङ्लो, कनसुप्ती, ढकना, सरबालगायत राखिएका प्रसाद लिएर नदी किनारमा उभिएका उनीहरुले सूर्यलाई अर्घ चढाएका थिए । ठकुआ, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, फर्सी, सिङ्गारा, पान, सुपारी, धूप, दीप, अरतक, पात, चना आदीको प्रसाद बनाएर चढाएका थिए । छठ मनाउन जम्मा भएका मिथिलाञ्चलवासीलाई बेनीमा बसोबास गर्ने अन्य समुदायले शुभकामना दिएका थिए ।







डिसी नेपाल








Facebook Comment