परराष्ट्रमन्त्री–सार्क महासचिव भेट
काठमाडौं।परराष्ट्रमन्त्री डा नारायण खड्कासँग दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव एसाला रुवान वीराकुनले शिष्टाचार भेट गरेका छन् ।
त्यस अवसरमा उनीहरूबीच सार्कको वर्तमान स्थिति र रोकिएको क्षेत्रीय प्रक्रियालाई पुनःसञ्चालन गर्नेलगायत क्षेत्रीय सहयोगका विविध आयाम र आवश्यकताबारे विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment