नेकपा (एस)को स्थायी समिति भोलि बस्ने

डिसी नेपाल
२५ कार्तिक २०७८ २०:४१
24
Shares

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी) पार्टीको स्थायी समिति बैठक शुक्रबार बस्ने भएको छ ।

भोलि दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने स्थायी कमिटीको आठौं बैठकले २७/२८ कात्तिकमा बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्तावहरु अनुमोदन गर्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले एमालेसहित विभिन्न कम्युनिस्ट पार्टी परित्याग गरी प्रवेश गरेका, प्रवेश गर्ने तयारीमा रहेकालाई जिम्मेवारी र भूमिका दिन निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेश गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.