एमाले फेदाप गाउँपालिका अध्यक्षमा तिम्सिना
तेह्रथुम । नेकपा (एमाले) फेदाप गाउँपालिका अध्यक्षमा रामप्रसाद तिम्सिना चयन भएका छन्। बिहीबार सम्पन्न पालिका अधिवेशनले तिम्सिनाकाे अध्यक्षतामा ७५ सदस्यीय नयाँ कमिटी चयन गरेको हाे।
उपाध्यक्षमा फिरोज सुब्बा, सचिवमा विशाल खड्का र उपसचिवमा नवीनचन्द्र चोङबाङ चयन भएको एमाले जिल्ला कार्यालय सदस्य प्रेमराज फोम्बोले जानकारी दिए।
एमालेले ९ कात्तिकमै पालिका अधिवेशन गर्ने घाेषणा गरेपनि बाढीपहिरोका कारण तेह्रेथुममा अधिवेशन हुन सकेकाे थिएन।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment