प्रचण्डको स्वकीय सचिवमा रमेश मल्ल नियुक्त
काठमाडौँ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वकीय सचिवमा रमेश मल्ललाई नियुक्त गरिएको छ । मल्ल अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हुन् ।
माओवादीको स्थायी समितिको मंगलबारको बैठकले प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको सहइञ्चार्जको जिम्मेवारी दिएपछि मल्ललाई नियुक्त गरिएको हो ।तर, नयाँ प्रेस संयोजक कसलाई राख्ने भन्नेबारे छलफल भइरहेको बताइएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment