काँग्रेसमा महामन्त्रीको चर्चा, कसले मार्ला बाजी ?
काठमाडौं । नेपाली काँग्रेस आफ्नो १४ औँ महाधिवेशनको संघारमा छ। पार्टीका विपक्षी खेमाभित्रै मतभिन्नता बढेका कारण प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी सभापति पदका लागि अपराजित उम्मेद्वार हुने सम्भावना बढ्दै गएको छ। सभापति पदमा भयङ्कर प्रतिष्पर्धा नहुने देखिएपछि कांग्रेस कार्यकर्ताहरुको ध्यान महामन्त्री पदमा हुने प्रतिष्पर्धातर्फ मोडिएको छ।
धेरै पटकसम्म कार्यतालिका फेरिँदै र सर्दै आएको भए पनि आगामी महिना महाधिवेशन सम्पन्न गर्ने निश्चित प्रायः भएको देखिन्छ। १४ औँ महाधिवेशन मंसिरमा सम्पन्न गर्ने मिति तोक्न लगाएर ग्लास्गो हिँडेका काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएपछि पनि यसको तयारीमा लागेका छन्। उनी पछिल्लो समय पार्टी र सरकारको काममा आफै खट्न थालेको बताउने बालुवाटार स्रोतले महाधिवेशन मंसिरमै सम्पन्न गरिसक्नेगरी कार्य अघि बढाइएको बताउँछ।
सभापतिको पछिल्लो तातोका कारण महाधिवेशनको नेतृत्व र पदाधिकारीका लागि पनि नेताहरु लागेका छन्। नेतृत्वका लागि स्पष्ट रुपमा कति खेमा हुने हो भन्ने निक्र्यौल अझै नभइसकेको भएपनि सभापतिमा आफू पुनः उम्मेदबार हुने निधो देउवाले गरिसकेका छन्। त्यस्तै, यसअघिकै संस्थापन इतर पक्षका नेताका रुपमा परिचित रामचन्द्र पौडेलले पनि तिहारको केही दिनअघि नेपालगञ्जबाट आफ्नो उम्मेदवारी सभापतिमा रहने घोषणा गरिसकेका छन्।
सभापतिपछिको सबैभन्दा आकर्षक मानिने महामन्त्री पदको लागि पनि काँग्रेसभित्र उत्तिकै प्रतिस्पर्धा हुने देखिन्छ। अघिल्लो महाधिवेशनमा जस्तै यसपटक पनि महामन्त्रीका लागि एकपछि अर्काे आकांक्षी देखिएका छन्।
यसका अलावा पार्टी सभापतिमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा शेखर कोइराला, डा सशांक कोइराला र सुजाता कोइरालाले पनि सभापतिको उम्मेदवार हुने बताउँदै आएका छन्। प्रारम्भिक रुपमा हेर्दा यी उम्मेदबारहरुले आफ्नो उम्मेदवारी रहने बताएका भए पनि उनीहरुमध्येबाट अर्थात् संस्थापन इतरबाट सभापतिमा एकजना मात्र उम्मेदबार हुनसक्ने चर्चा पनि छ। तर, यसको सम्भावना न्यून देखिँदै गएको कोइरालाहरु प्रतिको सुजाता कोइरालको विरोध र केही दिनअघिमात्र प्रकाशमान सिंहले गरेको पौडेलको विरोधले पनि पुष्टि गर्छ।
सभापतिपछिको सबैभन्दा आकर्षक मानिने महामन्त्री पदको लागि पनि काँग्रेसभित्र उत्तिकै प्रतिस्पर्धा हुने देखिन्छ। अघिल्लो महाधिवेशनमा जस्तै यसपटक पनि महामन्त्रीका लागि एकपछि अर्काे आकांक्षी देखिएका छन्। यसका लागि वर्तमान सहमहामन्त्री डा. प्रकाशशरण महतदेखि बालकृष्ण खाँड, मिनेन्द्र रिजाल आकांक्षी देखिएका छन्। त्यस्तै अर्का वर्तमान सहमहामन्त्री सुनिल थापाले पनि महामन्त्रीको लागि आफूलाई चर्चामा ल्याउने प्रयास गरिरहेका छन्। पार्टीमा महामन्त्री पद सभापतिपछिको कार्यकारी तथा आकर्षक पद भएकाले पनि यसमा सन्तुलन गर्न सभापति देउवा लागेको देखिन्छ।
सभापति देउवाको भित्री तयारी हेर्दा उनी सरकार र पार्टीमा सन्तुलनको नीतिमा पुगेको बालुवाटार स्रोत बताउँछ। स्रोतका अनुसार प्रधानमन्त्री एवं पार्टी सभापति देउवा पार्टी र सरकारमा दुवैतर्फ कुनै एकै व्यक्तिलाई अघि सार्ने पक्षमा छैनन्। सरकारमा अवसर पाएका व्यक्तिलाई पार्टी पदाधिकारीमा स्थान दिने पक्षमा उनी देखिएका छैनन्। त्यसैले, सरकारमा सबैभन्दा आकर्षक मानिने गृह मन्त्रालय पाएका बालकृष्ण खाँडको सम्भावना महामन्त्रीमा कमजोर बन्दै गएको छ।
त्यस्तै अर्का आकांक्षी मिनेन्द्र रिजाल पनि रक्षामन्त्री रहेकाले पार्टी पदाधिकारीमा आउने सम्भावना कम देखिएको छ। हुन त उनी संस्थापन इतरपक्षबाट उम्मेदवार हुने चर्चा सुनिँदैछ तर त्यसो नभएर उनी पछिल्लो समयमा भित्रीरुपमा सभापति देउवाको पक्षमा लागिसकेको दावी बालुवाटार स्रोतको छ। अनि अर्का आकांक्षी सुनिलबहादुर थापा भने पछिमात्र काँग्रेसमा प्रवेश गरेकाले पार्टीमा धेरै लामो समयदेखि लागिपरेका र वरिष्ठ नेताहरु हुँदाहुँदै उनलाई महामन्त्रीमा अघि सार्न सकिने अवस्था देखिएको छैन।
यसैमार्फत् उनले सरकारलाई कडा निगरानी गरेर प्रश्न गरे। यसबाट सरकारले महामारीका बेलामा नागरिकलाई बचाउने, राहत दिने काम गर्न नसकेका कुराहरु उनले नै बाहिर ल्याएका थिए।
त्यसैले आसन्न महाधिवेशनमा महामन्त्रीका बलिया उम्मेदवार देखिएका छन् डा प्रकाशशरण महत। उनको पार्टीभित्रको क्रियाशिलताले पनि उनी काँग्रेस कार्यकर्ताहरुबीच लोकप्रिय छन्। डा महत संसद र सरकारमा अहिले छैनन् तर पनि उनले सक्रियता भने धेरै नै देखाइरहेका छन्। पार्टीका विभिन्न तह हुन् या जिल्लामा उनलाई आमन्त्रण गरेको स्थानमा उनी पुगेका हुन्छन्। कोभिड महामारीका बेलामा होस् या त्योभन्दा अघिदेखि नै उनी देश दौडाहामै देखिन्छन्।
अघिल्लो सरकारले कोरोना भाइरसको महामारी नियन्त्रण गर्न नसकेको र यसबाट प्रभावितहरुलाई सहायतासमेत गर्न नसकेको अवस्थामा नेपाली काँग्रेसले डा महतको नेतृत्वमा कोभिड १९ अनुगमन समिति बनायो। यसैमार्फत् उनले सरकारलाई कडा निगरानी गरेर प्रश्न गरे। यसबाट सरकारले महामारीका बेलामा नागरिकलाई बचाउने, राहत दिने काम गर्न नसकेका कुराहरु उनले नै बाहिर ल्याएका थिए।
औषधि र मेडिकल सामग्री खरिदमा भएको अनियमिताका बारेमा उनले उठाएका विषयहरुले नै नेपाली सञ्चारमा स्थान पायो। त्यस समयको प्रतिपक्षी काँग्रेसले संसदमा सरकारको ध्यानाकर्षण गर्न नसकेकोमा उनको सक्रियतामा सो अनुगमन समितिले नै सरकारका विरुद्धमा एक किसिमको भाइब्रेसन ल्याउन सकेको थियो भन्ने लगायतका तर्कहरुसहित डा.महत र उनी समर्थकहरु डा.महतलाई नै महामन्त्री पदमा दरिलो दावेदारी प्रस्तुत गर्दै आएका छन्।
डा महत र उनका समर्थकहरुले समकालीन राजनीतिमा दिएको योगदानको विवरण नै तयार पारेको बताइएको छ। जसअनुसार, नेपाली काँग्रेसमा डा महतको संलग्नता विसं २०४६ को जनआन्दोलन तयारी समितिभन्दा अघि सत्याग्रहदेखि नै जोडिन्छ। उनी विपी कोइरालालेखि किसुनजीहुँदै गिरिजाप्रसादसँग काम गरेको, उर्जा र परराष्ट्र मन्त्री भइसकेका उनले राष्ट्रिय योजना आयोगको सदस्यका साथै विसं २०५६ मा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा शेरबहादुर देउवाको नेतृत्वमा गठित माओवादी समस्या समाधान आयोगको सदस्य भएर पनि काम गरेको, परराष्ट्र मन्त्री भएका बेला नाकाबन्दीका कारण भारतसँग बिग्रिएको सम्बन्धलाई सुधार मात्र गरेनन् गण्डकलगायतका नेपालका सन्धी सम्झौताहरुमा नेपालले पाउनुपर्ने सुविधा र अधिकारलाई राम्रोसँग भारतसँग उठाउन सकेकोजस्ता विषयहरु डा.महतको समूहले उठाएको छ।
त्यस्तै त्यति नै बेला चीन सरकारको एक महत्वाकांक्षी परियोजना बिआरआइमा नेपालको सम्झौता गराउन पनि उनी सफल भएका थिए। त्यसैले उनलाई नेपालजस्तो भूराजनीतिक संवेदनशीलता भएको देशको परराष्ट्र नीतिमा सन्तुलन कायम गर्नसक्ने नेताका रुपमा पनि हेर्न थालिएको कुरालाई पनि यो समूहले प्राथमिकताका साथ उठाएको छ।
हालैमात्र पनि उनी प्रधानमन्त्री देउवाको विशेष दूतका रुपमा भारत गएर वर्तमान सरकारसँगको सम्बन्ध विस्तारमा भूमिका निर्वाह गरेका छन्। उनले भारत पुगेर त्यहाँका विदेशमन्त्री तथा भारतको वर्तमान सत्तारुढ दल भाजपाका अध्यक्षसँग पनि भेटवार्ता गरे।
हालैमात्र पनि उनी प्रधानमन्त्री देउवाको विशेष दूतका रुपमा भारत गएर वर्तमान सरकारसँगको सम्बन्ध विस्तारमा भूमिका निर्वाह गरेका छन्। उनले भारत पुगेर त्यहाँका विदेशमन्त्री तथा भारतको वर्तमान सत्तारुढ दल भाजपाका अध्यक्षसँग पनि भेटवार्ता गरे। उनले वर्तमान सरकारका तर्फबाट महाकाली नदीको तुइन प्रकरणदेखि दुई देशबीचका पछिल्लो समयमा उत्पन्न भएका असहज परिस्थितिका विषयमा पनि कुरा राखेका छन्।
यसका कारण हिजोका दिनमा नेपाल सरकारको भारत नीतिका कारण उत्पन्न भएको असहज परिस्थितिलाई सहज बनाउनेतर्फ पनि सहयोग पुर्याउने देखिएको छ। यसरी नेपाली काँग्रेसका वर्तमान नेताहरुमा विदेश सम्बन्ध राम्रो रहेको र नेपालको परराष्ट्र नीतिमा दखल राख्नसक्ने उचाइ भएको एक नेताको छवि डा महतले निर्माण गरिरहेको चर्चा काँग्रेसभित्र पनि हुने गर्दछ।
सहमहामन्त्री डा महत नेपाली काँग्रेसका नेताहरुमध्ये समसामयिक विषयहरुमा स्पष्ट विचार राख्नसक्ने, आफ्नो दृष्टिकोण राख्नसक्ने र त्यसबमोजिमको नीति निर्माणमा लाग्न सक्ने नेताका रुपमा पनि स्थापित छन्। उनी सरकारमा या पदमा रहँदा या नरहँदा पनि नेपाली काँग्रेसका कार्यकर्ताहरुमाझ पुग्न र आफ्ना धारणाहरु राख्नसक्ने नेताका रुपमा पनि चिनिन्छन्। पार्टीभित्र संस्थापन पक्षसँग फरक मत राखेर अघि बढेका देउवालाई उनले सुरुदेखि नै साथ दिँदै आएका छन्।
त्यसैले आसन्न महाधिवेसनमा पनि सभापति देउवाले आफ्नो प्यानलबाट महामन्त्रीको उम्मेदवारका रुपमा डा महतलाई नै अघि सारिन सक्छन्। बालुवाटार स्रोतका अनुसार हाल डा महत साँसद नरहेकाले पनि महामन्त्रीको तयारीमा लाग्न प्रधानमन्त्री देउवाले डा महतलाई भनेका छन्। देउवाको ढाढस पाएका महतले पनि विभिन्न जिल्लामा पुगेर आफूले महामन्त्रीमा उमेदवारी दिने घोषणा पनि गरिसकेका छन्।







डिसी नेपाल








Facebook Comment