जनगणनाका लागि सभामुखको पारिवारिक विवरण सङ्कलन

डिसी नेपाल
२७ कार्तिक २०७८ १६:३३
48
Shares

काठमाडौं ।राष्ट्रिय जनगणनाका लागि सभामुख अग्निप्रसाद सापकोटाको व्यक्तिगत तथा पारिवारिक विवरण सङ्कलन गरिएको छ ।

जनगणना सञ्चालन संयोजन समितिका राष्ट्रिय संयोजक डा रामकुमार फुँयालको नेतृत्वमा केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठसहितको टोलीले आज सभामुख निवास लैनचौर पुगेर उनको विवरण सङ्कलन गरेको हो ।

सो अवसरमा सभामुख सापकोटाले जनगणनामा सहभागी भइ साँचो विवरण उपलब्ध गराउन सबैमा आह्वान गरेका थिए । विभागका महानिर्देशकसहितको टोलीले यसअघि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको विवरण सङ्कलन गरेको थियो । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ १२औँ जनगणना यही कात्तिक २५ देखि आगामी मङ्सिर ९ गतेसम्म हुँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.