सेनाको ट्रक सडकबाट खस्यो, चालकले हाम्फालेर ज्यान जोगाए

डिसी नेपाल
२८ कार्तिक २०७८ १७:३३
2.1k
Shares

काठमाडौँ ।गोरखाको भच्चेकमा नेपाली सेनाको रिपुमर्दन गणको ट्रक सिरानचोक गाउँपालिका ५ स्थित भालुमारा सडकमा दुर्घटना भएको छ ।

तालिमको बन्दोबस्तीका समान पुर्‍याएर फर्कने क्रममा भच्चेकबाट फर्कंदै गरेको ट्रकको ब्रेक फेल भएपछि ३० मिटर तल खसेको हो । चालकले हाम्फालेर ज्यान जोगाएका छन् ।

तालिमको बन्दोबस्तीका समान पुर्‍याएर फर्कने क्रममा भच्चेकबाट फर्कंदै गरेको ट्रक आइतबार बिहान १०ः२० बजे लु १ ग १३९ नम्बरको ट्रक ब्रेक फेल भएर सडकबाट खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख (सइ) प्रेमप्रसाद पोखरेलले बताए ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.