गायक दिपेश श्रेष्ठको ‘पागल’बोलको गीत सार्वजनिक
काठमाडौं। गायक दिपेश श्रेष्ठको ‘पागल’बोलको गीत र म्यूजिक भिडियो सार्वजनिक भएको छ। गायक श्रेष्ठले उनको आधिकारिक युटुब च्यानलमा गीत सार्वजानिक गरेका छन्। ‘द बड्स ब्याण्ड नेपाल’ एवम् ‘डिपेस् एण्ड द ब्यान्ड जापान’का गायक श्रेष्ठ हाल आफ्नो नयाँ सोलो एल्वम (साथीत्व ) मा काम गर्दै छन्। सोही एल्वममा समावेश गरिएको गीतको नयाँ म्यूजिक भिडियो उनले आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरेका हुन्।
सुदिप प्रधानले निर्देशन/छायांकन/सम्पादन गरेको उक्त म्युजिक भिडियोको संगीतकार भने सुदिप सिंह रहेका छन्। जापानको सुन्दर पर्यटकीय स्थल र समुन्द्री दृश्यहरुमा कैद गरिएको भिडियोमा प्रियंका कार्की, उज्ज्वल महर्जन, शार्दुल महर्जनको अभिनय रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment