नर्वेलाई पराजित गर्दै नेदरल्याण्ड विश्वकपमा छनोट

डिसी नेपाल
१ मंसिर २०७८ १०:१७
104
Shares

काठमाडौं। नर्वेलाई पराजित गर्दै नेदरल्याण्ड कतार विश्वकपमा छनोट भएको छ। मंगलबार राति भएको युरोपेली छनोट अन्तर्गत समूह जी को खेलमा नर्वेलाई २–० गोल अन्तरले पराजित गर्दै नेदरल्याण्ड विश्वकपमा छनोट भएको हो।

नेदरल्याण्डको जितमा स्टिभन बर्गवाइन र मेम्फिस डिपाएले समान १ गोल गरे। पराजित नर्वे भने समूहको तेस्रो स्थानमा रहँदै विश्वकपमा छनोट हुनबाट बन्चित भयो। जितसँगै नेदरल्याण्डले १० खेलबाट २३ अंक जोडेको छ भने टर्कीले १० खेलमा २१ अंक जोड्यो। समान खेलबाट १८ अंक जोडेको नर्वे तेस्रो स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *