कार्तिक नाच: नरसिंह अवतार स्टेजमा हिट (फाेटाेफिचर)

डिसी नेपाल
२ मंसिर २०७८ ६:४४
508
Shares

काठमाडाै। बुधबार पूर्णिमाको रात पाटनस्थित चारनारायण मन्दिर परिसरको ‘कात्तिक दाबली’मा मञ्चन गरिएको ‘कार्तिक नाच’को आठौं तथा अन्तिम प्रस्तुती थियो। ‘कार्तिक नाच’ ले विगत ३८० वर्षदेखि पाटनका दर्शकलाई मनोरञ्जन दिँदै आएको छ।

मौखिक परम्पराका अनुसार सिद्धि नरसिंह मल्ल (मध्य सत्रौं शताब्दी) को शासनकालमा राज्यमा ठूलो प्रकोप आएको थियो। त्यस समयका प्रख्यात धार्मिक गुरुहरूले राजालाई विष्णुको उग्र अर्धपुरुष, आधा सिंह अवतार “नरसिंह” लाई औपचारिक मानव बलिद्वारा आह्वान गर्न सल्लाह दिए।

मल्ल राजाले निर्दोष प्रजाको हत्या गर्न नचाहेकाले विकल्प खोजे। राजाका राजोपाध्याय गुरुहरूले “तान्त्रिक प्रदर्शन” मार्फत ईश्वरलाई बोलाउने वैकल्पिक विधि प्रस्ताव गरे जसले गर्दा बिक्रम संवत १७२८ मा “कार्तिक नाच” को जन्म भएकाे विश्ववास गरिन्छ। कार्तिक नाचका अवसरमा डिसी नेपाल सहकर्की सिमाेन पाैडेलले कैद गरेका केही तस्वीर :

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.