विद्यालय तहका पाठ्यक्रममा खेललाई समेट्नुपर्छः ओली

डिसी नेपाल
५ मंसिर २०७८ २२:४६
24
Shares

काठमाडौं ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विद्यालय तहका पाठ्यक्रममा खेललाई समेटिनुपर्नेमा जोड दिएका छन् ।

पार्टीनिकट नेपाल खेलकुद महासङ्घले आज आयोजना गरेको ‘खेल नीति सम्मेलन’लाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले विभिन्न क्षेत्रका नीतिको समग्र नीतिबाट राष्ट्रिय विकास नीति बन्ने भएकाले खेल क्षेत्रको नीति तर्जुमा लागि उत्तिकै ध्यान दिन पनि आग्रह गरे । उनले खेलाडीले खेलमा भन्दा बढी बाँच्नका लागि गाँसको खोजीमा बढी ध्यान दिनुपर्दा खेल क्षेत्रको विकास हुन नसकेको बताए ।

“आफ्नो क्षेत्रमा भन्दा बढी गाँस र बासको व्यवस्थामा बढी ध्यान दिनुपर्ने बाध्यात्मक अवस्थाले खेल क्षेत्रको विकास हुन नसकेको हो”, उनले भने । अध्यक्ष ओलीले आफ्नो क्षेत्रमा बढी लगाव, अभ्यास र अध्ययनबिना प्रगति हुन नसक्ने भन्दै खेल क्षेत्रको विकासका लागि खेलाडीको गाँस र बासको चिन्ता लिनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए। हरेक मौसममा सबै खेल खेल्न र अभ्यास गर्ने नेपालको भौगोलिक वातावरण रहेको भन्दै अध्यक्ष ओलीले खेल क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.