कांग्रेस पर्वतका सभापतिमा जोशी विजयी

डिसी नेपाल
१० मंसिर २०७८ १३:५९
20
Shares

पर्वत ।नेपाली कांग्रेस पर्वतको सभापतिमा युवराज जोशी विजयी भएका छन् । गए राति सम्पन्न मनगणनामा उनले खसेको मतमध्ये ५१ दशमलव पाँच प्रतिशत मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

निर्वाचनमा सहभागी एक हजार १८६ मतमध्ये उनले ६०९ मत प्राप्त गरेका थिए। कांग्रेसको विधानुसार सभापतिमा निर्वाचित हुनका लागि ५१ प्रतिशत ल्याउनुपर्ने प्रावधान रहे पनि जोशीले जम्मा सहभागी मतको ५१ दशमलव पाँच प्रतिशत मत प्राप्त गरेपछि निर्वाचन समितिले विजयी भएको घोषणा गरेको हो । उपसभापतिमा डा चूडामणि शर्मा र शिवप्रसाद सुवेदी त्यसै गरी सचिवमा अशोक उच्चै ठकुरी र गुप्तनिधि शर्मा विजयी भएका छन् ।

त्यस्तै सहसचिवमा अच्युत तिवारीले ६५८ मत ल्याएर विजयी भएका छन् । यसै गरी सहचिवमा तिलक भुसालले ५१९ र विजयी तिवारी विजयी भएका छन् ।
त्यसैगरी महाधिवेशन प्रतिनिधिमा अपाङ्गता भएका व्यक्तिबाट कुलप्रसाद पाध्या, खुला महिलाबाट सीताकुमारी काफ्ले लामिछाने, मुना भुसाल, रेखा गुरुङ र राधा कुँवर क्षेत्री बिजयी भएका छन्। खुल्ला पुरुषतर्फ रामचन्द्र जोशी, नवराज गुरुङ, खगेन्द्रप्रसाद तिवारी, गङ्गाधर तिवारी, विद्वान् गुरुङ, ऋषिकेश तिवारी, विमलराज क्षेत्री, राजेन्द्रप्रसाद तिवारी, वसन्तबहादुर सिके र खिमप्रसाद भुसाल विजयी भएका छन् । दलित महिलातर्फ खैसरा नेपाली, दलित खुलामा जीतबहादुर नेपाली, खस आर्य महिलामा मुना शर्मा लामिछाने, मीनाकुमारी केसी र सिर्जना मल्ल विजयी भएका छन् ।

त्यसैगरी खस आर्य पुरुषतर्फ तोरण मल्ल ठकुरी राज, डा केदार सुवेदी र कुलप्रसाद उपाध्याय विजयी भएका छन् भने आदिवासी जनजातितर्फ मीना कर्माचार्य र मोहनबहादुर गुरुङ विजयी भएका छन्। अपाङ्गता भएका व्यक्तितर्फ लेखनाथ पौडेल र मधेसी/मुस्लिम/ अल्पसङ्ख्यकबाट सनम बेगम निर्विरोध निर्वाचित भएका छन्। जिल्ला सदस्यमा खुला र भूगोलतर्फ पनि जोशी प्यानलकै उम्मेदवार विजयी भएका छन् ।

कार्यसमितिको परिणाम घोषणालगत्तै निकटम प्रतिद्वन्द्वी मल्लले सभापतिमा विजयी जोशीलाई खादा लगाएर सम्मान व्यक्त गरेका थिए। निर्वाचित सभापति जोशीले आगामी दिनमा कांग्रेसलाई पहिलो राजनीतिक शक्ति बनाउन आफ्नो महत्वपूर्ण भूमिका हुने बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.