पार्टी एकतामा असर पर्ने गरी अस्वस्थ प्रतिस्पर्धा नगर्न ओलीको आग्रह

डिसी नेपाल
११ मंसिर २०७८ २०:२३
324
Shares

चितवन। नयाँ नेतृत्व चयनका लागि चितवनको सौराहामा जारी नेकपा एमालेको दशौं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन नहुने संकेत गरेका छन्। उनले पार्टीभित्र प्रतिस्पर्धा भन्दा पनि क्षमता र कामको मूल्यांकनका आधारमा जिम्मेवारी दिइने संकेत गरे।

महाधिवेशनको बन्दसत्रलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले लोकतान्त्रिक अभ्यासलाई प्रतिस्पर्धाका रुपमा मात्र नबुझ्द भन्दै पार्टी एकतामा असर पर्ने गरी अस्वस्थ प्रतिस्पर्धा नगर्नसमेत आग्रह गरे।

सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि भइरहेका प्रयासले सार्थकता नपाइरहेका बेला ओलीले प्रतिस्पर्धा भन्दा सहमतिमार्फत नेतृत्व चयनका लागि जोड दिएका हुन्। झण्डै तीन घण्टा लामो सम्वोधन गरेका ओलीले अहिलेको आवश्यकता पार्टी एकता भएकोमा जोड दिए। ओलीले फेरि पालो आउने भन्दै लोकतान्त्रिक अभ्यास भनेको प्रतिस्पर्धामात्र नभएको जिकिर गरे।

उनले यतिबेला सिंगो देशले एमालेलाई हेरिरहेको उल्लेख गर्दै सहमतिका आधारमा नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए। अध्यक्ष ओलीले एमालेलाई सिध्याइयो भनेर भ्रम छरेर खुशी मनाउनेहरूलाई विधान महाधिवेशन र १०औँ महाधिवेशनको व्यापक उपस्थिति र सफलताले जवाफ दिएको जिकीर गरे ।

कम्युनिष्ट आन्दोलनलाई सहीरूपमा सञ्चालन गर्दै उनले राजनीतिक उपलब्धिलाई गुम्न नदिएर विकासका प्रयासलाई सहीरूपमा अघि बढाउनु आवश्यक छ रकेको बताए । अध्यक्ष ओलीले नवौँ महाधिवेशनपछि संविधान निर्माणमा सार्थक भूमिका निर्वाह गरेको, पार्टी एकता, तालमेल र सरकारको नेतृत्व गरेको, पार्टीको स्पष्ट विचार र दृष्टिकोणका साथ सामाजिक परिवर्तनको आन्दोलनको अगुवा शक्तिका रूपमा स्थापित गरेको बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.