एमाले नेता कृपा सुर शेर्पाद्वारा केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा

डिसी नेपाल
१२ मंसिर २०७८ १०:३९
400
Shares

चितवन। नेकपा एमालेको दशौं महाधिवेशन चितवनमा जारी छ। सर्वसम्मतको प्रयासलाई नेताहरुले जारी राख्दा उम्मेद्वारी घोषणा गर्नेको संख्या पनि बढेको छ।

हालसम्म अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसालसहितका नेताहरुले पदाधिकारीमा उम्मेद्वारी घोषणा गरेका छन्। यसैगरी धेरै नेताहरुले केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका छन्।

यसैबीच एमाले नेता कृपा सुर शेर्पाले केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका छन्। शेर्पाले आइतबार आफूले केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका हुन्। शेर्पाले आफू सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको उल्लेख गर्दै सर्वसम्मत नभए लोकतान्त्रिक अभ्यासलाई स्वीकार गर्दै निर्वाचनमार्फत निर्णय गर्नुपर्ने बताए।

शेर्पाले सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व गर्नुपर्ने पक्षमा आफू रहेको बताए। उनले एमाले अहिले विशिष्ट अवस्थामा रहेको भन्दै सर्वसम्मत नेतृत्व चयन गरेर एकताको सन्देश दिनुपर्ने उल्लेख गरे।

उनले अब पार्टीभित्र पूर्व माओवादी र दश बुँदे सहमति गरेर फर्किएका नेताहरु भनेर भनेर फरक व्यवहार गर्नुपर्ने अवस्था नरहेको भन्दै सबै नेताहरु सिंगो एमालेका नेता भएको जिकिर गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.