कांग्रेस महाधिवेशनः १९ वर्षकी करिना महाधिवेशन प्रतिनिधि

डिसी नेपाल
१३ मंसिर २०७८ १३:५८
56
Shares

काठमाडौं। करिना पुरी महाधिवेशन प्रतिनिधिका लागि आइतबार भएको चुनावमा सबैको ध्यानकेन्द्रित गरेको नाम हो । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ज्यामिरेकी करिना सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिको रूपमा विजयी भएकी हुन् ।नेपाली कांग्रेसको सभापति चयनमा सानै उमेरमा भाग लिने अवसर पाएकी करिनाको सपना अबको कांग्रेस नेतृत्व युवाको जोश र अग्रजको अनुभवलाई समेट्न सक्ने होस् भन्ने छ ।

उनी भन्छिन्, “त्यस्तो नेतृत्वले मात्र मुलुक र लोकतन्त्रको रक्षा गर्न सक्छ ।”सिन्धुपाल्चोक क्षेत्र नम्बर २ अन्तर्गत भएको निर्वाचनमा उनी महिला खुलातर्फबाट (४०९ मतसहित) महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी हुन् । यसअघि सोलुखुम्बुबाट २१ वर्षकी पूजा फुयाँल महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.