कांग्रेस नेता जोशीद्वारा गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी घोषणा

डिसी नेपाल
१४ मंसिर २०७८ २१:२७
500
Shares

काठमाडौँ ।नेपाली कांग्रेसका नेता अर्जुनप्रसाद जोशीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पोखरामा आज उम्मेदवारी घोषणा गर्दै उनले गण्डकी प्रदेशमा पार्टी सङ्गठन बलियो बनाउन, कांग्रेसको पहिचन राख्न सक्ने उम्मेदवार बन्न साथीहरूले आग्रह गरेकाले अगाडि बढेको बताए ।

कांग्रेसको अधिवेशन केवल पार्टीका लागि मात्र नभई नेपालको राष्ट्रियतालाई बलियो बनाउनुको साथसाथै जनताको अधिकार स्थापित गर्नका लागि कोसेढुङ्गा सावित हुनुपर्ने उनले बताए । अधिवेशन कसैको जित हारभन्दा पनि कांग्रेसलाई जनताको पार्टी बनाउने र जनताको बीचमा स्थापित गराउने अभियानमा रहेको उनले स्पष्ट पारे । पर्वतमा लामो समय पार्टी सभापतिको जिम्मेवारी सम्हालेका पूर्वसांसद जोशी हाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.