स्रोत नखुलेको नौ लाखसहित भारतीय युवक पक्राउ

डिसी नेपाल
१७ मंसिर २०७८ २१:०७
36
Shares

काठमाडौँ ।महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नजिकै आज सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट मटिहानीले स्रोत नखुलेको रु नौ लाखसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधवापुर ग्रामपञ्चायत(१ बस्ने २४ वर्षीय अभिनव पूर्वे रहेको सशस्त्र प्रहरी बल नेपाल ९ नं हेडक्वार्टर जलसागर महोत्तरीले जनाएको छ ।

नम्बर नखुलेको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेको युवक अभिनवलाई सीमामा खटिएका सशस्त्र प्रहरीले शङ्का लागि जाँच गर्दा उनको साथबाट स्रोत नखुलेको रु नौ लाख बरामद भएको थियो । पाँच सय र १००० का नोट मिलाएर जम्मा रु नौ लाखसहित पक्राउ गरिएको अभिनवलाई आवश्यक अनुसन्धानका लागि सशस्त्र प्रहरी बल नेपाल ९ नं हेडक्वार्टर जलसागर महोत्तरीमा ल्याइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.