दुर्घटनामा परी एक युवकको मृत्यु
काठमाडौँ ।पर्साको पटेर्वासुगौली गाउँपालिका–२ चाफीमा आज भएको दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।
बालुवा लोड गरिएको ना५त ४१०८ नंको ट्र्याक्टरले च्यापिएर पटेर्वा सुगौली–२ रङ्गपुर बस्ने ३५ वर्षीय साबिर खानको मृत्यु भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको तथा घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment