आन्द्रे रसेलले ओपनिङ गरेर तुफान ल्याइदिएपछि टि–१० लिगकै सबैभन्दा ठूलो साझेदारी बन्यो

डिसी नेपाल
१९ मंसिर २०७८ ११:३४
1.6k
Shares

काठमाडौं। डेक्कन ग्लाडिएटर्सले अबु धाबी टि–१० लिगको पाँचौं सिजनको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा ग्लाडिएटर्सले दिल्ली बुल्सलाई ५६ रनले पराजित गरेको छ । डेक्कन ग्लाडिएटर्सको जीतमा क्यारेबियन अलराउण्डर आन्द्रे रसेलको मुख्य भूमिका रह्यो । रसेलले केवल ३२ बलमा ९० रनको तुफानी इनिङ खेले ।

सामान्यतया तल्लो क्रममा ब्याटिङ गर्ने रसेलले यो खेलमा ओपनिङ गरेका थिए । टस हारेर ब्याटिङको निम्तो पाएको डेक्कनले निर्धारित १० विकेटमा १ विकेट पनि नगुमाइ १५९ रनको स्कोर बनायो । आन्द्रे रसेलले ३२ बलमा ९० रन बनाए । उनले ९ वटा चौका र ७ वटा छक्का हाने । इङल्याण्डका ब्याटर टम कोहलर क्याडमोरले २५ बलमा ५ छक्का र ३ चौकासहित ५९ रन बनाए ।

१५९ रनको साझेदारी टि–१० लिगकै सबैभन्दा ठूलो साझेदारी हो । जवाफमा दिल्ली बुल्सले १० ओभरमा ७ विकेटको क्षतिमा १०३ रन मात्र बनाउन सक्यो । बंगाल टाइगर्सका हजरतुल्लाह जजाइ प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने खेलाडी बने । उनले १२ खेलमा ५०.४२ को औसतमा ३५३ रन बनाए । डेक्कन ग्लाडिएटर्सका वानिन्दु हसरंगाले सबैभन्दा धेरै २१ विकेट लिए । हसरंगा प्लेयर अफ द टुर्नामेन्ट बने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *